२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।