
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा विहिबार कम्पनीले रक्तदान कार्यक्रमको आयोजना समेत गरेको थियो । वार्षिक उत्सवकैअवसरमा एक शेयरधनी एक बीमालेख अभियान समेत सार्वजनिक गरेको
यस अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास भएको कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकाश र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिने सक्ने जनाइएको छ ।