नेपाली बजारमा अहिलेको समय प्राबिधिक छेत्रमा मानिसहरुको ध्यान निकै बढ्दो छ¬। यसै क्षेत्रलाई आफ्नो करियरको रुपमा अगाडी बडाउदै आएका एक व्यक्ति को नाम हो युबराज रानाभाट, चितवन घर भएका युबराज सानो उमेर देखिनै कम्प्युटर बिसयमा रुची राख्दथे, यसै सोचले पनि आफ्नो परिश्रम गर्दै प्राब्धिक छेत्रमा आफ्नो करियर सुरु गर्दै आएका छन्। लामो समय देखि आफुलाई एसिओ र डीजीटल मिडिया मार्केटिंगको छेत्रमा करियर अगाडी बढाउदै आएका छन्। बिगत लामोसमय देखि नेपाली बजारमा आइटीमा आफ्नो भबिस्य बनाउना अगाडी बढिरहेको व्यक्तित्वको नाम हो युबराज रानाभाट।


सर्च इन्जिनको कुरा गर्ने बित्तिकै मान्छेहरुको झट्ट दिमागमा आउँछन्, गुगल, बिङ्ग, यांडेक्स र याहू । अझ धेरैले सम्झिने नाम हो, गुगल । केही जान्न मन लाग्यो हामी गुगल गर्छौं वा गुगलमा खोज्छौं । अनि यस्तो सर्च इन्जिनले पनि तपाईलाई सान्दर्भिक हुने गरी वेब पेज वा फोटो, भिडियो जस्ता कन्टेन्टलाई सर्च रिजल्टमा देखाइदिन्छ । के तपाईंलाई थाहा छ, सर्च इन्जिनको रिजल्टमा वेब कन्टेन्टलाई टप र्याकंमा राख्न ठूलै प्रतिष्पर्धा हुन्छ भनेर ? हो, आज वेब टेक्नोलोजीका लगानीकर्तालाई चिन्ता लाग्ने कुरा नै आफ्ना कन्टेन्टलार्इ सबैले एउटै रिजल्टमा कसरी देखाउन सकिन्छ भन्नेमा छ । अनि यसको समाधान पनि छ । वेब प्रोमोशोनको ट्रेन्डिङ चलिरहेका बेला थुप्रै अप्टिमाइजेशन टुल्सको विकास भइसकेको छ । अनि यस्ता टुल्स प्रयोग गरी हुने सर्च इन्जिन अप्टिमाइजेशन (एसइओ) अहिले सूचना प्रविधिको उत्कृष्ट कामभित्र पर्न थालेको छ । नेपालमा पनि केही आइटी कम्पनीहरुले आफैंले एसइओ कर्मचारी राखेका छन् । व्यत्ति, संस्था, मिडिया आदिका वेब पोर्टलका कन्टेन्ट प्रोमोशन गर्न पनि एसइओ स्पेसलिस्टहरुको माग बढ्दो छ ।
युबराज फ्रिलेन्सर सर्च इन्जिन अप्टिमाइजेसनमा परिश्रमगर्दै आफुलाई एसिओ र डीजीटल मिडिया मार्केटिंगका समिछकको रुपमा चिनिन्छन् । उनको फरक शैली भनेकै धेरैभन्दा धेरैलाई आफ्नो दक्षता र सिप देखाएर आफु नेपाली मार्केटमा चिनिन चाहन्छन् । यतिमात्रै नभई पछिल्लो ३ वर्षमा उपत्यकाबाहिरका र भित्रका मात्र नभई विभिन्न बिदेशी कम्पनीहरुको पनि प्रोजेक्ट हातमा लिएर काम गरिसकेका छन् । यस अर्थमा शहरमा बसेर एसइओको जागिर खोज्नेहरुका लागि एसियो गतिलो गंताब्ये बनिरहेको छ ।
उनको अहिलेको ध्याउन्न नै एसइओ क्षेत्रलाई व्यवसायिक बनाउनुमा छ । सर्च इन्जिन अप्टिमाइजेशन आफैंमा ठूलो, जटिल तर ब्रान्डिङ भएको पेशा हो । अनि युबराज एसइओमा आफूलाई सर्च इन्जिन अप्टिमाइजेसनको विज्ञता हासिल गर्दै गरेको एक युवक भन्न रुचाउँछन् । २०१४ देखि आइटी करियरमा लागेको हुँ । ‘ योबीचमा मेरो करियरमा धेरै कठिनाई झेल्नु पर्यो तर कैयौउ समस्यालाई पन्छाउदै अगाडी बढेको,’ उनले सुनाए । उनी थप्छन्, ‘पछिल्लो समय सरकारको सूचना प्रविधि नीति, अनलाइन मिडियाको विकासक्रम, सूचना प्रविधिमा नीजि क्षेत्रको लगानी बढ्दै जाँदा सर्च इन्जिन अप्टिमाइजेसन अबको अवसर बन्ने पक्का छ ।’
अहिले वेब टेक्नोलोजीलाई लगानीको अवसर बनाउन र कुनै पनि वस्तु तथा उत्पादन र सेवाको वेब कन्टेन्टलाई सर्च इन्जिनमा नम्बर १ मा ल्याउन चाहनेहरुको संख्या बढ्दो छ । योबीचमा आकर्षणको काम बनिरहेको छ, एसइओे परामर्शदाता, विज्ञ। कतिपय व्यवसायिक रुपमै नेपालका उत्कृष्ट ‘एसइओ एक्सपर्ट’ भनेर चिनिन थालेका छन् । अनि यो भिडमा युबराज एक व्यवसायिक विज्ञका रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् ।
नेपालमा वेब डिजाइन र कोडिङ गर्ने राम्रा वेब इन्जिनियरहरु छन् । तर, ती सबैलाई थाहा छैन, आफूले बनाएको वेब टेक्नोलोजीभित्र पोष्ट हुने वेब कन्टेन्टहरु सर्च इन्जिनमा ल्याउनका लागि एकैपटक वा पटक–पटक गरी अप्टिमाइजेसन टेक्नोलोजी प्रयोग गर्नुपर्छ भनेर । ‘बेव टेक्नोलोजी एउटा यस्तो टुल्स हो जसले इन्टरनेटमा त्यसलाई लाइभ गर्दछ तर त्यस वेब टेक्नोलोजीभित्र सयौं सर्च इन्जिन अप्टिमाइजेसनका टुल्स या की–वोर्डहरु हुन्छन्, जसलाई खेलाउन सर्च इन्जिन अप्टिमाइजेसनमा दक्षता र विज्ञता भएकाहरुले मात्र गर्न सक्छन्’, उनी भन्छन् ।
उनका अनुसार सर्च इन्जिन अप्टिमाइजेसनका मुख्य दुई टुल्सहरु प्रयोगमा छन्, ह्वाइट ह्याट सर्च इन्जिन अप्टिमाइजेसन र ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसन । जसमध्ये ह्वाइट ह्याट सर्च इन्जिन अप्टिमाइजेसन टुल्स फ्रेण्ड्ली र रिजल्ट ओरेन्टेट छ र यसकै प्रयोग सर्च इन्जिनका लागि वेभ टेक्नोलोजीमा प्रयोग हुदै आएको छ भने ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसन भने वेभ र्याक्स बढाउन र प्राक्टिसका लागि मात्र प्रयोग गर्ने गरिएको हुन्छ । ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसनको प्रयोग धेरै गर्दा गुगल सर्च इन्जिनले ब्ल्याक लिष्टमा समेत वेबसाइटलाई राख्न सक्ने हुदा आफ्नो वेबसाइटमा सर्च इन्जिन अप्टिमाइजेसनका दक्ष र विज्ञ कन्सलटेन्टको प्राविधिक सहयोग लिनुपर्ने सुझाव उनको छ । ‘आफ्नो वेबसाइट र यसभित्रको कन्टेन्टलाई गुगल सर्च इन्जिनमा नम्बर वान् पोजिसनमा सधै देखाउन सक्नु एसइओ एक्सपर्टको कुशलता हो,’ उनले भने ।
इन्टरनेटको विकासक्रम र प्रयोगकर्ताको पहुँचले विश्व माउसको क्लिकमा घुमिरहेको बेला अब शिक्षा आर्जन गर्न होस्, या व्यवसाय सञ्चालन गर्न, एसइओको आवश्यकता दिनदिनै बढिरहेको छ । अनि युबराज यो परिवर्तनमा आफ्नो भूमिका खोजिरहेका छन् ।
अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेब तथा सोसल मिडिया बिना असम्भवसिद्ध जस्तै भइसकेको छ । ई-कमर्शको प्रविधिले कुनै वस्तु तथा उत्पादनको सेवाको बजारका लागि जति सहज भएको छ, त्यति यसको मुख्य पाटोको पहिचान गर्न नसक्दा सोचे जति र्इ-कमर्शको बजार विस्तार हुन सकेको छैन भने लगानीको प्रतिफल पनि कम हुन्छ । अत: यी सबै कुराको एउटै आइटी टुल्स बनेको छ। सर्च इन्जिन अप्टिमाइजेसन ।
पछिल्लो समय एमम्बिशन हिमालय, नेपाल ट्रेकिंग टुरिस्म एण्ड एड्वेन्चर्स, नेपाब्लिस् क्याफे एंड रेस्टुरेन्ट्स, हेल्प बिगिन, इस्टारस्वाग्स, त्रिशुली खबर, अर्थबौन्ड्स येक्स्पेड़ीसन्, लगायतका लागि एसइओको काम गरिसकेका छन् । यसका साथमा उनले विभिन्न संस्थाका लागि सोसल मिडियाको कोर्डिनेटरको रुपमा पनि कार्य गरिसकेका छन् ।
