
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी चेली गायिका रिता थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
धादिङवेशींमा चलिरहेको १२ औं अधिवेशनबाट मगरको अध्यक्षतामा ३ वर्षे कार्यकालको लागि ३७ सदस्सीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिष्ठानको नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा गायक पशुपती शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँड, उपाध्यक्षमा सुवास केसी, दिपक खड्का, राधिका हमाल, महासचिवमा शिव हमाल, उपमहासचिवमा हरि डाँगी, शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना निर्विरोध निर्वाचित हुनुभएको हो ।
गायक पशुपती शर्मा र रामजी खाँडले अध्यक्षमा दाबी गरे पनि अन्तिम समयमा उम्मेद्वारी फिर्ता गरेर सहमती जुटेको थियो । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । सर्वसम्मत नभएका पदहरुको आज अबेरसम्म भएपनि मतदान गराउने निर्वाचन समितिले जनाएको छ ।
