२०८३ मंसिर ३, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

घोप्टेभिरमा सडक माथिबाट ढुंगाखस्दा मोटरसाईकल चालकको मृत्यु

घोप्टेभिरमा सडक माथिबाट ढुंगाखस्दा मोटरसाईकल चालकको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब ३:२२ बजे काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि ढुङ्गा खसेको थियो । ढुङ्गाले लागेर मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४:४९ बजे मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस सडकबाट यात्र गर्दा सावधानी पुर्वक यात्र गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
२०Shares
धादिङ अपडेट लेखकको सबै आर्टिकल