नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक जिल्ला धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल जिल्ला नुवाकोट विदुर नगरपालिका–९ बस्ने वर्ष ४७ का बुद्धिमान तामाङ, जिल्ला नुवाकोट विदुर नगरपालिका–१३ बस्ने वर्ष ३१ की बिन्दा थापा मगर र सोही स्थान बस्ने वर्ष २७ की सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।











