दशवर्ष अघि नेपाल समाचारपत्रमा लेखिएको समचारका कारण संकलन गरिएको नगद हस्तान्तरण गरिएको छ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ गणेशमार्गमा एउटा झुप्रोमा बसोबास गर्ने तत्कालिन अवस्थाका तिन बालबालिकाले नगद ३० हजार ९ सय रुपैयाँ हस्तान्तरण गरिएको छ।

लांघाली बहुद्देसिय सहकारी संस्थाले तत्कालिन अवस्थामा दाताहरुबाट जम्मा भएको रकम बचत गरेर राखेकोमा हस्तान्तरण गरेको हो ।
२०६८ सालमा बाबुको मृत्यु र आमा विदेशमा गएर विरामी परेपछि खान समेत नपाएका तिन जना बालबालिको अवस्थाका बारेमा नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशन गरिएको थियो ।

४१ औँ मगर स्थापना दिवसको अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मगर संघ धादिङले दिनेश राना मगर, दिपक राना मगर र सुमित्रा रानामगरलाई नेपाल मगरसंघका केन्द्रीय उपमहासचिव एकु थापा मगरले रकम हस्तान्तरण गर्नुभयो ।
यसैगरि दिनेश रानामगर रसुनिता रानामगरको नाममा लांघाली बहुद्देसिय सहकारीसंस्थामा हस्तान्तरण गरिएको नगद बाहेक ६ हजार ५ सयको सेयर र बचत रकम समेत रहेको छ।

२०६९ बैशाखमा तत्कालिन अवस्थामा बालबालिकाहरुलाई जम्मा भएको रकम नगद समेतहस्तान्तरण गरिएको थियो। बालिकालाई सामाजिक अभियनता सुनिता सुवेदीले पढाइदिनुभएको थियो भने बालकलाई नन्द कुलुले अध्यायन गराउन उद्धार गर्नुभएको थियो।
हाल बालिका कक्षा ११ मा अध्यइान गर्दैरहेकी छिन् भने बालक व्यचलर अध्यायन गर्दै रहेको उनिहरुले बताएका छन् । दिनेश रानामगर र सुमित्रा रानामगरको नाममा कृषि विकास बैँकमाखाता खोलेररकम जम्मा गरिएको थियो ।

यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर २ सोह«घर निवासी भोजबहादुर थापामगरको मृगौला फेल भएकोले मृगौला प्रत्यारोपणका लागि नेपाल मगर संघले संकलन गरेको नगद पीडितलाई हस्तान्तरण गरेको छ ।

विभिन्न दाताहरुबाट उपचारका लागि सहयोग जुटेकोरकम १ लाख ७७ हजार ७ सय ५ रुपैयाँ हस्तान्तरण गरिएको छ । सरकारले उपलब्ध गराउने रकमबाट मृगौला पीडितलाई बचाउन नसकिने भएकोले सहयोग संकलन गरिएको थियो । यहि महिना भोजबहादुरको मृगौला प्रत्यारोपण हुने छ ।

Facebook Comments