राष्ट्रिय युवासंघ नेपाल धादिङले सोमबार एक प्रेस वित्रप्ती प्रकाशन गर्दै रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा भएको अनियमितताको भण्डाफोर गरेको छ ।

रुविभ्याली गाउँपालिका वडा नम्बर १ मा लिंजो स्वास्थ्य इकाइ भवन, लिंजो खेलकुद मैदान, पुरु महिला सामुदायिक भवन, पुरु वडा सम्पर्क कार्यालय भवन, लब्दुङ महिला सामुदायिक भवन, वडा कार्यालय भवन सार्वजनिक स्थान वा सम्बन्धीत सार्वजनिक निकायको नाममा हुनु पर्नेमा नभएको र व्यक्तीकोनाममा भएकोले अबिलब्ध स्थानीय सरकारको नाममा ल्याउन माग गरेको छ।

सार्वजनिक निकायका भवनहरु व्यक्तको नाममाहुननहुने भएपनि यसअघिका वडा अध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता रनातेदारको नाममा सार्वजनिक निकायको संरचना निर्माण गरेको आरोप लगाउँदै स्थानीयसरकारकोनाममानल्याए संघर्षका कार्यक्रम गर्ने युवासंघ नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्ती हेर्नुहोस् :-

Facebook Comments