२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चैत २६ गते केपि ओली धादिङको रुविभ्याली आउँदै, कांग्रेस माओवादीका कार्यकर्ता समेत उत्साहित

चैत २६ गते केपि ओली धादिङको रुविभ्याली आउँदै, कांग्रेस माओवादीका कार्यकर्ता समेत उत्साहित

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते धादिङको रुवीभ्याली सेर्तुङ आउनुहुने भएको छ ।

एमाले रुवी भ्याली गाउँपालिका कमिटीको आयोजनामा सेर्तुङमा हुने बृहत सांस्कृतिक सहितको जनसभालाई सम्बोधन गर्न रुविभ्याली गाउँपालिकाको सेर्तुङमा आउनुहुनु भएको हो । एमालेले धादिङसहित देशैभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत कार्यक्रम हुन लागेको हो ।

पूर्वप्रधानमन्त्री ओली आउने कुराको शनिबार नेकपा एमाले धादिङले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ओलिले उक्त सभालाई सम्बोधन गर्नुको सथै रुवीभ्यालीको पाङसाङ पास लगायत स्थलहरुका अवलोकन गर्नुे कार्यक्रम रहेको एमाले धादिङका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो । केपी ओलीको भ्रमणपछी रुवी भ्यालीको थप चर्चा हुने विश्वास गरिएको छ पत्रकार सम्मेलनमा बताईएको थियो ।

रुवीभ्यालीको मनमोहक प्राकृतिक दृश्य, जडिबुटी, बहुमुल्य खनिज, दक्षिण एसियाकै उत्कृष्ट सुटिङ स्पट लगाएतका स्थलहरु रहेकाले पर्यटन प्रवद्धनमा ओलिको भ्रमण फलदायी रहने अध्यक्ष त्रिपाठीले बताउनुभयो । पूर्वप्रधानमन्त्री केपी ओली रुविभ्याली आउनेभएपछि नेपाली कांग्रेस, माओवादी लगायत अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि चासोका साथ हेरेका छन् । भने केपी ओलीको स्वागतको लागि तयारीमा जुटेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

रुवीभ्यालीमा विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी पाइन्छ । रसुवा ,गोरखा चीन तिब्बतसँग जोडिएको पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको रुवीभ्याली गाउँपालिकामा मनोरंम हिमदृश्य,हिमालय पर्वतबाट उत्पति भई अविरल बग्ने आंखु खोलाको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माने डाँडा, नाग पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा परिचित छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।