धादिङको गजुरी गाउँपालिकाले शव वहान सेवा शुरु गरेको छ । गजुरी गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्ग क्षेत्रमा दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको शव, पोष्टमार्टम् तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शव वहान सेवा शुरु गरेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले बताउनुभयो ।

गजुरी गाउँपालिकाबासीको लागि निशुल्क शव वहान सेवा प्रवाह गरिने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । आवश्यकता महसुस गरेर पालिकाले शव वहान सेवा शुरु गरेको हो । मृतक गजुरी गाउँपालिकाबासी भए पैसा पर्दैन । शव वहान सेवा निशुल्क प्रदान गर्छाैं उहाँले भन्नुभयो तर गजुरी गाउँपालिका भन्दा बाहिरका छन् भने प्रचलित जिल्ला दररेट अनुसार शुल्क लाग्नेछ ।’

‘गजुरी गाउँपालिकामा पृथ्वी राजमार्ग १५ किलोमिटर पर्दछ । राजमार्ग क्षेत्र भएका कारण दिनहुँ जस्तो दुर्घटनाहरु भैरहन्छन्् । उहाँले भन्नुभयो,–‘शव वहान नहुदा विगतका दिनहरुमा हामीले धेरै अप्ठ्याराहरु व्यहो¥र्याै । कसलाई लगिदेउ भन्नु, भन्न पनि अप्ठ्यारो । अहिले पालिकामा एम्बुलेन्सहरु पर्याप्त छन् । पालिकाले डेढ वर्ष अघि किनेको बा २ झ ४३३३ नम्बरको एम्वुलेन्सलाई अहिले शव वहानको रुपमा प्रयोग गरिएको हो,उहाँले भन्नुभयो ।

Facebook Comments