बैशाख २९
धादिङ – बैशाख २७ गते बेलुका धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ८ निवासी विनोद थापा मगरको हत्यामा संलग्न फरार अभियुक्तहरुलाइ जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवा बोट स्थित शानदार होटलका संचालिका बर्ष ४७ की सरस्वती पनेरु (पण्डित), छोरा वर्ष २६ को निरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ स्थायी ठेगाना भई हाल गल्छी गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० को किरन रानालाइ पक्राउ गरि शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो । हत्यामा अभियुक्तहरुले प्रयोग गरेको छुरा पनि घटनास्थलबाट ३० मिटर उत्तर तर्फ त्रिशुली नदिको किनारामा प्रहरीले शुक्रबार बिहान बरामद गरेको छ । हत्यामा संलग्न तीनै जना अभियुक्तहरुलाइ कर्तव्य ज्यान मुद्धामा धादिङ जिल्ला अदालतबाट तीन दिन म्याद थपको अनुमति लिई अनुसन्धान कार्य जारी राखेको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यहि बैशाख २७ गते बेलुका गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवा बोट स्थित शानदार होटलमा खाजा खान गएका विनोद थापा र होटल संचालिका सरस्वती पनेरु (पण्डित) को बीचमा पैसा लेनदेनको विषयमा विवाद भएको र विवाद पछि होटल संचालिकाले छोरा निरज पण्डित र किरन रानालाइ बोलाइ मुक्का तथा छुरा प्रहार गरी विनोदको हत्या गरेको अनुन्धानबाट खुलेको छ । यो घटनामा संलग्न तीनै जना अभियुक्तहरुलाइ थप अनुसन्धान र प्रमाणको आधारमा कानुन अनुसारको कारबाही हुने र यस घटनामा अन्य कोहि संलग्न नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

Facebook Comments