
धादिङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीलाई आज नेकपा माओवादी केन्द्र धादिङले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र सहयक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद अधिकारिलाई नेकपा माओवादी केन्द्र धादिङले स्वागत गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम धादिङ जिल्ला सह–इन्चार्ज राम बहादुर भण्डारी र जिल्ला समन्वय समितीका प्रमुख नवराज अधिकारि,पार्टीका विभिन्न गाउँ पालिकाका नेता, संञ्चारकर्मी होटेल व्यावसय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको सन्दिप स्याम्चेन ले बताउनुभयो ।
साथै धादिङ जिल्ला पार्टी सह–इन्जार्च एवम केन्द्रिय सदस्य राम बहादुर भण्डारीले जिल्लाको पार्टी गतिविधि र जिल्लाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारि गैह्रेले धादिङ जिल्लामा रहेका बिकृती, बिसङगति, बर्खाको समयमा पर्नसक्ने विपत्ती र त्यसको व्यावस्थापन,सामाजिक सुशासन, विभिन्न दुर्घटना, अबैध खानी उत्खनन अबैधानिक जस्ता क्रियाकलापहरुलाई नियन्त्रणमा लिइने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै जिल्लाका सबै राजनितिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।