२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ क्याम्पस प्राङ्गढमा बृक्षारोपण

नीलकण्ठ क्याम्पस प्राङ्गढमा बृक्षारोपण

धादिङ– धादिङको नीलकण्ठ बहुमुखी क्याम्पस प्राङ्गढमा बृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस कमिटिले पुष्पजन्य विरुवा रोपेको हो ।

क्याम्पस प्राङ्गढ सुन्दर बनाउने र स्वच्छ वातावरण सिर्जना गराउने उद्देश्यसहित क्याम्पस प्राङ्गढमा बृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आमोश थापा तामाङले जानकारी दिनुभयो।

कल्की, म्याङ्गोष्टि, दुबो गरी ३० वटा विरुवा रोपिएको तामाङले जानकारी दिनुभयो । भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।