डिभिजन वन कार्यालय धादिङले भोली असार २५ गतेदेखि देखि विरुवा वितरण गर्दैछ ।
आफ्नै नर्सरीमा उत्पादन गरिएको ३६ हजार विरुवा निःशुल्क वितरण गर्न लागेको हो । निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा दिईने छ ।
वर्षातका कारण गत वर्षहरुमा भन्दा यो वर्ष विरुवा वितरणमा केहि ढिला भएको डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले बताउनुभयो ।