२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भटमास खेती प्रबिधि !

भटमास खेती प्रबिधि !
सेयर गर्नुहोस्
०सेयर

यो मौसम वा समय भनेको मनसुन हुने बर्षे सिजन हो । नेपालको कतिपय स्थान तराइ,मधेष, फाँटमा धाँन रोपाई सकिएता पनि पहाड तथा टाँडिमा अझै कतिपय स्थानमा मुल फुटाँउने पानिको पर्खाइमा किसान छन् । कतिपय स्थानको बारीमा भने मकै बाली पाक्न सुरु भइसकेको अथवा पाक्न लागेको देख्न सकिन्छ । यसै सन्र्दभमा महिले किसान दाजुभाइ तथा दिदिबहिनीको चाहाना र आवश्यकतालाई मध्य नजर राख्दै भटमास खेती प्रविधि, यसको रोगकिरा र रोकथामको उपाय सहित छोटो लेख जुन किसान,कृषि प्राबिधिक र कृषिमा चासो दिने र लिने सबैलाई मध्यनजर राख्दै सरल र व्यवहारिक भाषमा लेख्ने जर्मको गरेको छु जुन पढेर प्रतिक्रिया दिनुहोला ।
परिचय
यो एक दलहन कोशेबाली हो । यसबाट प्रशस्त तेल निकालिए पनि यसलाई दालको रुपमा पनि उपभोग गरिने भएकाले बैग्यानिक बर्गिकरण बाटै दलहन बालिको रुपमा लिइएको छ । यसको वैज्ञानिक नाम(Glycine Max L.Messil) हो भने नेपालमा यसलाई भट्ट,भटमास,सोयाबिन भनेर चिनिन्छ ।
यो बाली धेरै जसो गर्मि तथा चिसोमा पनि खेति गर्न सकिन्छ तर हाल मुख्य गरेर बर्षे वा गर्मि मौसमा गरिने खेति प्रविधि, यसको रोगकिरा र रोकथामको उपायको चर्चा गर्नेछु ।

उपयुक्त हावापानी तथा माटो
भटमास खेती तराइ देखि पहाडी भेग सम्म सजिलै खेती गर्न सकिन्छ । मकै खेती गर्न सकिने हावापानि र माटो दुबै उपयुक्त भएको ठाँउमा यो सजिलै खेती गर्न सकिन्छ । यो बाली राम्रो सँग हर्लक २८–३० डिग्री सेल्सियस तापक्रममा बढ्छ भने १० डिग्री सेल्सियस तल वा ४५ डिग्री सेल्सियसतापक्रम माथि बालीले राम्रो सँग उत्पादन दिन सक्दैन । यो बालीलाई पानि नजम्ने दोमट माटो एकदमै राम्रो हुन्छ भने माटोको पि.एच्. ६ देखि ७.५ उपयुक्त हुन्छ ।

भटमासको जातको छनौट
भटमासको जातहरु हावापानी र भौगोलिक अवस्था अनुसार फरक हुन्छ । एउटै जात सबै स्थानमा नहुने हुदा निश्चित जातको छनौट गर्नु उत्तम हुन्छ । नेपालमा लोकल तथा उन्नत दुबै पाइन्छ जस्तै

लुम्ले १ जात - सिफारिस क्षेत्र ४०० देखि १६०० मि.स
पुजा जात - सिफारिस क्षेत्र तराई, भित्रि मधेष र मध्य पहाड
तरकारी भटमास १ जात - सिफारिस क्षेत्र ८०० देखि १५०० मि.
कब जात- सिफारिस क्षेत्र तराई र भित्रि मधेष

जग्गाको छनौट
भटमास खेतीको लागी सकेसम्म समतल,पानी नजम्ने र प्रांगारिक पदार्थ बढि भएको मलिलो माटो उपयुक्त मानिन्छ सो कारणले गर्दा सोही अनुरुप जग्गा छनौट गर्दा उत्पादनमा बृद्धि तथा रोक किराले कम क्षति पार्दछ ।
जमिनको तयारी
भटमासको लागी साधरणतय मकै बालीको जमिनलाई जस्तै १५ देखि २० से.मि. गहिरो खनजोत गरि झारपात,अन्य बालीको ठेट्ना, डाँठ आदि हटाई डल्ला फोरी पानी नजम्ने गरी जमिन तयारी गर्नु पर्दछ । यसलाई मकै बाली सँग घुसुवा बालीको रुपमा पनि लगाउन सकिन्छ, जसमा मकैको दाना दुधेबाट जब सारो हुन्छ तब मकैको पात,झारपात हटाई मकैलाई कुनै असर नपर्ने गरि कुटो,कोदालो,फरुवाले माटोलाई उर्वर बनाइनु पर्दछ । जमिन तयारीको अन्तिम खनजोत गर्दा फस्फोरस र पोटास युक्त मल क्रमशः ३ र २ के.जीे. प्रति कठ्ठा र गोबरमल ५ क्युन्टल जति प्रति कठ्ठा माटोमा मिलाई जमिन तयारी गर्नु पर्दछ ।
बीउ उपचार
बीउ उपचार भन्नाले बीउ बाट पछि बेर्ना,बिरुवाको वृद्धि, विकास हुदा लाग्ने ढुसी,भाइरस,ब्याक्टेरिया जस्ता समस्यालाई केहि हदसम्म भएनि कम गर्न सकिन्छ,भन्ने हेतुले गरिने उपचार बिधि हो । सामन्यतय बीउ उपचारको लागी वेभिष्टिन ५०५ ध्ए३नmर पनबीउको दरले राम्ररी मिसाइन्छ ।
बिउलाई जैबिक मलले पनि उपचार गर्नसकिन्छ जसको लागी च्जष्शयदष्गm,ब्शयकउभचष्ििष्गm जस्ता जैविक मल उपयुक्त मानिन्छ । यसबाट उपचार गर्दा चाँहि १५ नm र पन जैविक मल बीउमा मिसाई १ रात छाँयामा राखी बीउ रोप्दा बीउबाट सर्ने रोग तथा किराको प्रकोप कम हुने गर्दछ ।
बीउ दर
भटमास लाई एकल बालीको रुपमा लगाउँदा चाँहि २ के.जी. प्रति कठ्ठा र मकै तथा अन्य बाली सँग घुसुवा बालीको रुपमा लगाउदा चाँहि १.५ के.जी. बीउ भए काफि हुन्छ ।

रोप्ने तरिका
भटमासलाई एक्लो बालिको रुपमा लगाउदा चाहि बिरुवा देखि बिरुवा १० से.मि. र हार देखि हार चाहि कम्तिमा ५० से.मि. बनाएर लगाउनु पर्दछ । तर घुसुवा बालीको रुपमा जस्तै मकै बालीसँग लगाँउदा चाँहि मकैको बोटको अनुपात र भटमासको अनुपात बराबर हुने गरि बिउ रोप्नु पर्दछ ।
मलखाद ब्यबस्थापन
हामिले भटमास एक कोशेबाली हो र यसले आफुलाई चाहिने नाइट्रोजन केहि भएपनि आँफै बनाउँदछ भन्ने बुभm्नु पर्दछ, सो कारण अरु बालीको दाजोमा यसमा युरिया मल कम हाल्दानि हुन्छ, सोहि अनुरुप ल्एप् क्रमशः ०.५ः१.५ः०.५ के.जीे. प्रति कठ्ठाको दरले दिनु पर्दछ ।
झारपात नियन्त्रण
भटमासमा झारले मात्र ४ भागको १ भाग अर्थात् १÷४ भन्दा बढि उत्पादनमा ह्रास गर्दछ,सो कारणले झार नियन्त्रण अनिवार्य जस्तै गर्नु उचित रहन्छ । बीउ रोपेको १५ जति पछि झारपात कति छ भनि अबलोकन गरि बिउ रोपे पश्चात्को २५–३० दिनमा पहिलो पटक र ४५–५० दिनमा दोश्रो पटक उकेरा तथा गोडमेल गर्नु पर्दछ ।

सिंचाइ
यो बाली बर्षातको समयमा लगाइने भएकाले त्यति पानीको जरुरत नर्पला यदि खडेरी लागेर आवश्यक परेको खण्डमा हाँगा हाल्नि बेलामा र कोशामा दाना लाग्नि समयमा सिंचाइ दिए पुग्दछ ।
बाली काट्ने तथा भित्राउने समय
बालीको जात र खेती गरिएको स्थानको मौसम हेरी बाली पाक्ने समय भिन्न हुन्छ सो कारण बालीमा आएको बाह्य परिवर्तन बाट नै बाली पाकेको वा नपाकेको सजिलै छुट्याउन सकिन्छ जस्तै भटमासको बोट पहेँलो छ कि नाइ, पात भुईमा झरेको छ कि नाइ, बोट र कोशा सुनौलो पहेँलो रङ्खमा परिवर्तन भएको छ कि नाइ जस्ता कुरा अबलोकन गर्नु पर्दछ र यदि यो परिवर्तन भएमा बाली काट्ने बेला भयो भनेर बुझ्न सकिन्छ ।
बाली काटी सकेपछि बोटहरुको मुठा वा समुहलाई सबै बोटमा घाम पर्ने गरि २ घाम वा दानामा १०% भन्दा कम चिस्यान हुने गरि मजाले सुकाउनु पर्दछ । सुकाइ सके पश्चात् लठ्ठी,लौरो वा लाठोले खलोमा वा त्रिपाल ओछ्याइ सो माथि चुट्नु पर्दछ, कि थे्रसर लगाउन पनि सकिन्छ ।

भण्डारण
भटमासलाई लामो समय सम्म गुणस्तर युक्त बनाइ राख्न हामिले भटमासको दाना झारि सके पछि ३–४ घाम वा १०% भन्दा कम चिस्यान हुने गरि घाममा सुकाउनु पर्दछ । सुकाइ सकेपछि भटमासलाई १५–२० डिग्रि सेल्सियस तापक्रममा र ६० % आद्रता भएको कोठामा काठ,टिन,स्टिल तथा डालो , पोलिथिन ब्याग जस्ता भकारीमा राख्दा भण्डारण बाट हुने ह्रासको कमि गर्न सकिन्छ ।

भटमास बालीमा लागने रोग र नियन्त्रणको उपायहरु
१. एन्थ्राकनोजः
यो रोग ढुसिजन्य रोग हो । यसले कोशाको बोक्रामा कालो धब्बा जस्तो बनाउँदछ । मुख्य गरेर ढुसिबाट संक्रमित बिउबाट फैलिएको पाइन्छ । जसले गर्दा कोशा,दाना र डाँठमा समेत खैरो तथा कालो धब्बा देखिन्छ र दाना नलाग्ने, लागे पनि सानो लाग्दछ ।
रोकथामः बीउ उपचार गरेर मात्र बीउ छर्ने वा रोप्ने गर्नुपर्दछ । भटमासको कोशा तथा पातमा राम्ररी भिज्ने गरि ढुसिनाजक बिषादि छर्कनु पर्दछ ।
२.आँखे भ्यागुते(Frog eye leaf spot)
यो पनि ढुसिबाटनै हुने रोग हो । यो ढुसि चाँहि पहिलेकै बाली बाट पनि आउने बालीमा सजिलै सर्ने रोग हो । यसले मुख्य गरेर फुल फुल्ने समयमा पातमा सेतो वा खैरो धब्बा(भ्यागुताको आँखा) जस्तो बनाइ असर गर्दछ ।
रोकथामः अन्तरबाली लगउनु पर्दछ ,जसले रोग सर्ने कार्यलाई खण्डन गर्दछ । पात तथा कोशामा राम्रो सँग भिज्ने गरि ढुसिनाशक बिषादि छर्कनु पर्दछ ।
३. गुजुमुजे भाइरस(Yellow Mosaic Virus)
यो रोग बिषाणु बाट सर्ने हुदा संकम्रण भइसकेपछि रोकथाम गर्न गाह्रो हुन्छ । यो रोग मुख्य गरेर लाहि किराले सार्ने हुदा लाहि किराको नियन्त्रण गर्नुनै उत्तम उपाय हो ।
भटमास बालीमा लागने किरा र नियन्त्रणको उपायहरु :
मुख्य गरेर बाली लगाउदा लाहि,फट्याङ्ग्रा, फेद काटुवा, फौजी तथा खपटे र भण्डारणको समयमा घुन, पुत्ला आदि लाग्दछ । यी किराहरुलाई रोकथाम तथा नियन्त्रण गर्न किरा हेरी दैहिक र संम्र्पक किटनाशक बिषादी प्रयोग गर्नुपर्दछ ।

श्याम कुमार श्रेष्ठ
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चिवतनमा ल्याब टेक्निसियनको रुपमा कार्यरत हुनुहुन्छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।