नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङको सदरमुकाम धादिङबेसीमा हुने भएको छ । शनिवार काठमाडौंमा बसेको विद्यार्थी छोंज धीँको तेस्रो केन्द्रीय समिति बैठकले आगामी कार्तिक १८ र १९ गते धादिङबेसीमा पार्षद भेला गर्ने निर्णय गरेको अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा केन्द्रिय समितिको हरेक बैठक तथा भेलाहरु काठमाण्डौं मात्रै केन्द्रित हुने गरेकोले २१ औें पार्षद भेला भने काठमाण्डौं भन्दा बाहिरि जिल्ला धादिङको सदरमुकाम धादिङवेशींमा गर्ने निर्णय भएको अध्यक्ष गुरुङले बताउनुभयो । धादिङमा पनि गुरुङहरुको उल्लेख्य बसोबास रहेको र धादिङमा गुरुङहरुको राष्ट्रिय स्तरको कार्यक्रम नभएकोले २१ औं पार्षद भेला धादिङवेशींमा गर्न लागिएको उहाँले बताउनुभयो ।
पार्षद भेला मात्रै नभई गुरुङ विद्यार्थीको आन्दोलनको रुपमा पनि रहने अध्यक्ष विश्वराज गुरुङले बताउनुभयो । पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको बताउनुभयो ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिब तथा युवा बिद्यार्थी बिभाग प्रमुख जिएस गुरुङको प्रमुख आतिथ्यता, र नेपाल तमू गुरुङ बिद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष पुकार गुरुङको बिशेष आतिथ्यमा बसेको बैठकले पार्षद भेलाको निर्णय गरेको हो ।
बैठकले प्रदेश ३ को पहिलो अधिबेशन पनि कार्तिक १८ देखि १९ गते धादिङको धादिङबेसीमा गर्ने निर्णय गरेको छ ।











