अरिंगालले टोकेर स्याङ्जाको विरुवा गाउँपालिका- १ का  एक जना युवाको मृत्यु भएको छ । घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा २८ वर्षका चेलिस श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

पाँच जना अरिंगाल पोल्न गएकामा अरुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments