पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउंपालिका वडा नम्बर ६ चिरौदी पुलमा आज माथीबाट खसेको पहिरोले गुडिरहेको कारको आधा भाग पुरेको छ ।

काठमाण्डौ बाट चितवन तर्फ जांदै गरेको बा १ ञ १५०९ न.को कारलाई माथिबाट सुख्खा पहिरो खस्न जाँदा कार पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कारमा सवार ४ जना सकुशल छन् । पहिरोले पुरेको कार निकाली प्रहरी चौकी बैरेनीमा राखिएको छ भने बाटो अबरोध नभएको प्रहरीले जनाएको छ

Facebook Comments