
धादिङको बेनिघाट रोराङ गाउँपालिका भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने हुनु भएको छ। भेला आज (शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुँदैछ ।
भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।
भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । यसैबीच उपसभापती एवम् संघिय सांसद अर्यालले बिहीबार ज्वालामुखी गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीयवासी र जनप्रतिनिधिसँग भेटघाट गर्नु भएको छ ।
अर्यालले धादिङको विकास र समृद्धिका लागि स्थानीयवासी र जनप्रतिनिधिसँग सल्लाह सुझाव पनि लिनु भएको उहहाँको सचिववालयले जनाएकाे छ । अर्यालले धादिङ जिल्लाको विकासका लागि आफू रातदिन खटिरहेको पनि भेटघाटका क्रममा बताउनु भयो ।