कार्तिक २२ गते ।  धादिङमा भव्यताका साथ नेपाल सम्बत ११३९ मनाइएको छ ।  लाखे नाँच, टाकटुके नाँच, नेवारी बाजागाजा लगायत जातजाति झल्किने पोशाक, झिलिमिली बत्तिले सजिएका घरहरु, सफा सडक सञ्जाल, देउसी भैलो खेल्नेहरुको समुह यि दृश्यले तिहारसँगै नेपाल सम्बतको झल्को बोलिरहेको छ ।


नेपाल सम्बत ११३९ कोे अवसरमा विहिबार ८४ वर्ष पार गरेका ३३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । झिँगु नेवा समाज धादिङले नेपाल सम्बत तथा दिपावलीको अवसरमा नीलकण्ठ ४ धादिङका ९६ वर्षिय एककुमारी राना मगर आफुलाई सम्मान गरेकोमा खुषी लागेको बताउहुन्छ । यस्ता सम्मानले जेष्ठ नागरिकको मात्र नभई समाजमा कुशल संस्कारको विकास हुने उहाँको भनाई छ । 

त्यस्तै, नेपाल सम्बत ११३९ मनाउने क्रममा २१ कार्तिकमा झिँगु नेवा समाज धादिङले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो । २२ गते बुधबार नीलकण्ठ नगरपालिकाको साझेदारीमा सदरमुकाम भित्र रहेका टोल सुधार समितिहरुले नगर सरसफाई गरेका थिए । सरसफाइ र सामाजिक संस्कार, रितिरीवाज जस्ता विषयवस्तुको आधारमा ३० टोल सुधार समिति मध्ये उत्कृष्ट टोल विच बजार टोललाई सम्मान गरेको नेपाल सम्बत ११३९ मूल समारोह समिति एवम् झिँगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । 

नेपाल सम्बतको संरक्षण र सम्वद्र्धनमा नेवार जातिले खेलेको भूमिका प्रति खुलेरै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले प्रशंसा गर्नुभयो । नेपाल सम्बत नेवार जातिको मात्र नभइ सारा नेपाली र सिङ्गो नेपालको सम्बत भएको कारण यसलाई सरकारी कामकाजको सम्बत बनाउन पहल गर्ने उहाँको भनाई छ ।
त्यस्तै नेवारी भाषा तथा संस्कृति जगेर्णा गर्न सहयोग पु¥याएको भन्दै गणेशमान लाछिलाई पनि सम्मान गरेको छ । एक दशकमै धादिङले नेवारी संस्कृतिमा मारेको फड्को प्रति खुषी लागेका उहाँले बताउनुभयो । विभिन्न जात जाति भाषा धर्म नेपालको गहन भएका कारण आफ्नो रितिरीवाज जोगाउन झिँगु नेवा समाज धादिङ उदाहरणी पात्र बनेको उहाँको भनाई छ । 

लोप हुदै गएको नेवारी संस्कृतिको जगेर्णा गर्न र नेपाल सम्बत सिंगो नेपाल र सारा नेपालीको सम्बत बनाउन सामाजिक कार्यसँगै मनाइएको नेपाल सम्बत ११३९ मूल समारोह समिति एवम् झिँगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । आफ्नो भाषा, धर्म, संस्कृतिको जगेर्णासँगै सामाजिक कार्य गर्दै आएको उहाँको भनाई छ । धादिङबेसी पुछारबजारबाट निकालिएको ¥यालीमा झिँगु नेवाः समाज धादिङले नेवार जातिका विशेष कला कौशल र रितिरिवाज झल्कने नाँचगान तथा बाजा गाजा प्रदर्शनी गरिएको थियो ।

Facebook Comments