असोज १४ धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटि धादिङले भोलि असोज १५ गते बुधबार दिन जिल्ला स्तरीय चियापान तथा शुभकामना आदान–प्रदानका साथै नवगठित १३ वटै स्थानीय पार्टी संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमको आयोजना गरेको छ । नेकपा धादिङको पार्टी कार्यालय पुच्छारबजार धादिङबेसिमा हुने कार्यक्रममा जिल्लाका सम्पूर्ण स्थानिय, जिल्ला स्तरीय, प्रदेश र केन्द्रिय स्तरका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने नेकपा धादिङका कार्यवाहक सचिव विजय बुर्लाकोटिले जानकारी दिनुभयो । नेकपा धादिङको गत भाद्र २१ गते सम्पन्न बैठकले धादिङ जिल्लाका सबै स्थानिय पार्टी संगठन कमिटिलाइ पूर्णता दिएको थियो । यसका साथै दशैं लगतै नगरपालिका र गाउँपालिका भित्रका सम्पूर्ण वडा संगठन कमिटि र अन्य विभिन्न जनसंगठन कमिटिहरु निर्माणको काम सम्पन गरिने पनि नेकपा धादिङले जनाएको छ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं, शुभ दिपावली र अन्य विभिन्न धर्मालम्विहरुको पर्व छठ, नेपाल संवत, ल्होसार लगायतका विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक महानु भावहरुमा उपस्थितिको लागि हार्दिक अपिल गरिएको छ ।

Facebook Comments