२८ बैशाख, धादिङ ।
जिल्ला प्रसाशन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङले आज संयुक्त रुपमा बजार अनुगमन गरेको छ । कोरोना भाईरसको संक्रमण बढेसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र धादिङले बैशाख २१ गतेदेखि ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी गर्न सफारिस गरेसँगै जिल्ला प्रसाशन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासँगै दैनिक उपभोग्य वस्तु तथा सामाग्रीहरुको मूल्यमा वृद्धि गरिएको थियो । मूल्य वृद्धिको विषयमा धेरै जनगुनासाहरु आएपछि सदरमुकामका खाध्यान्न तथा फलफुल तरकारी पसलहरुको अनुगमन गरिएको हो ।

बजार अनुगमन टोली आउँदै छ, भन्ने सुचना  पाउनसाथ अधिकांश व्यापारीहरु पसल बन्द गरी गएको थियो । केही ईमान्दार व्यवसायीले भने आफ्नो पसलमा भएका सामाग्रीहरु अनुगमन टोलीलाई देखाउनुका साथै आवश्यक सल्लाहा सुझावहरुलाई सकारात्मक रुपमा लिएको थियो । अनुगमन टोलीले खरीद बिक्रिको बिल लिन र दिनुकासाथै खाताहरु राख्न, मुल्य सूची राख्न र तोकिएको मुल्य नबढाई सामान विक्रि वितरण गर्न निर्देशन दिएका थिए । यसका साथै अनुगमन टोलिले म्याद नाघेका ड्राईफुड, सुर्तिजन्य वस्तु र केहि तरकारी तथा फलफुल पनि जफत गरेको छ । लकडाउनको अवधिमा प्रसाशनले बिहान ६ देखि ९ बजे सम्म तरकारी, फलफुल र खाद्ययान्न पसलहरु संचालन गर्ने अनुमति दिएको छ । यद्यपी निषेधाज्ञाको पूर्ण पालना र कार्यान्वयन भने नभएको देखिन्छ ।  फोटो फिचर :

Facebook Comments