कात्तिक २६, धादिङ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ सुन्दरनागीमा ३८ रोपनी जग्गामा लगाईएको अबैध गाँजा खेती नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय वेनिघाटबाट प्रहरी नायव निरिक्षक शंकर प्रसाद चौधरीको कमाण्डमा१५ जनाको प्रहरी टोलीले गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
गाँजा फडानी गरि आगो लगाएर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।





