२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बुढिगण्डकी बाढी वितण्डा : सल्लेरी बजार बगायो, जगतेमा ठुलो क्षति

बुढिगण्डकी बाढी वितण्डा : सल्लेरी बजार बगायो, जगतेमा ठुलो क्षति
सेयर गर्नुहोस्
०सेयर

बुढीगण्डकी नदीमा एक्कासी बाढी आएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको हो । आज बिहान ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनेको स्थानीय बासिन्दाले बताएका छन् ।

लगत्तै केही स्थानीय बासिन्दा र पर्यटक सुरक्षित ठाउँमा पुगेका छन् । चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा ठूलो आवाजसहित पानी बगेको उनीहरुको भनाइ छ । खोला केहीबेर रोकिने र फेरि बग्ने गरेको छ ।

खोला सुक्खा पहिरोले थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसक्षेत्रमा पानी परेको छैन ।

उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन् । बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा ठूलो क्षति पुर्‍याएको छ। तल्लो तटीय क्षेत्रका माछाखोला, सोती, आरुघाट लगायतका बस्तीहरू उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा रहन अपिल गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।