२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update
महाधिवेशनको मिति सारेकाे कांग्रेसले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेकाे कांग्रेसले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे
सेयर गर्नुहोस्
०सेयर

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ ।

देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेकाे कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका उल्लेख छ ।

यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशनको गतिविधि अघि बढाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरेकाे छ । देउवा पक्ष असोज १५ गते वडा अधिवेशन र आउँदाे मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ ।

कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छन् ।

nc-release-1790669695.jpeg

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।