२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ सामान्य घट्दा चाँदीको भाउ बढ्यो

सुनको भाउ सामान्य घट्दा चाँदीको भाउ बढ्यो
सेयर गर्नुहोस्
०सेयर

सुनकाे भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने सुनको भाउ २ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेको छ ।

हिजो ६० रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।