आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलामा तीन हजार ८०० र चाँदी ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ९० हजार ५०० र चाँदी चार हजार ३९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ३०० र चाँदी चार हजार ५१० रुपैयाँ रहेको थियो ।









