
मानिसको सौन्दर्य, सुन्दर अनुहार र मिठो मुस्कानबाट नै झल्कीएको हुन्छ । यद्धपी मानिसको सुन्दरता व्यवहार र उसको कामले मापन गरिने भए पनि सुन्दर हुने रहर जो कोहीलाई हुने गर्दछ ।
अरुको नजर आफुतिर आर्कषित गर्न र आफु सुन्दर देखिन मानिसहरु लांखौ खर्च गर्न समेत पछि पर्दैनन् । तर लाँखौं खर्च गर्ने सामथ्र्य बोकेकाहरु पनि उचित ठाउँ र समयको व्यवस्थापन गर्न नसक्दा हैरानी खेपेर बसिरहेका हुन्छन् भने केही उपचार पद्धतीको विषयमा थाहा नहुँदा भाग्यलाई दोष दिदै बसिरहेका हुन्छन् ।
यस्तै समस्या बोकेका व्यक्तीहरुलाई लक्षित गर्दै सदरमुकाम धादिङवेशीं स्थित एमाले चोकमा संञ्चालित मिलन डेन्टल क्लिनिकले नयाँ सेवा विस्तार गरेको छ । दाँत बांगोटिंगो भएर अनुहारको बनावट बिग्रेका व्यक्तीहरुको समस्यालाई लक्षित गरि अर्थाेडोन्टीक सेवा विस्तार गरेको क्लिनिकका संञ्चालक एवं डेण्टल हाईजिनिस्ट मिलन बराईलीले बताउनुभयो । बाहिरबाटै देखिने बांगोटिंगो वा नमिलेको दाँतले व्यक्तीको सौन्दर्यलाई कुरुप बनाईरहेको हुन्छ ।
बाङ्गो टिङ्गो दाँतकै कारण अनुहार स्वरुप विग्रएको महसुस गर्नेहरुका लागि दाँतमा तार बाँधेर गरिने दाँतसम्बन्धी उपचार पद्धति नै अर्थाेडोन्टीक उपचार हो । यस उपचार पद्धतीबाट अनुहारको हड्डीको समेत उचित व्यवस्थापन गरी अनुहारकोआकृति परिवर्तन गर्ने यस उपचार बाट मात्रा सम्भब रहेको डेण्टल हाईजिनिस्ट बराईली बताउनुहुन्छ ।
‘बांङ्गोटिङ्गो दात भएकै कारण अनुहारको वनावट बिग्रिएर हैरानी खेपरहेका व्यक्तीहरुलाई यो उपचार विधि निकै लाभदायि छ, उहाँले भन्नुभयो, उपचार पछि तपाईको अनुहारको स्वरुप नै परिवर्तन गरि हँसिलो आकृति दिने ग्यारेन्टी लिन्छु ।’ सर्वसुलभ मुल्यमा अर्थाेडेन्टीक विशेषयज्ञबाट धादिङवेशींमै पहिलो पटक यस्तो सेवा सुरु भएकाले लाभ लिन धादिङवासीलाई मिलन डेन्टल क्लिनिकले आग्रह समेत गरेको छ ।
यो उपचार अनुहारको हड़ी नै मिलाउन परेमा ९ वर्ष देखी र होईन भने दूधे दाँत सबै आइसके पछी लगभग ११/१२ वर्ष देखी सुरु गर्न सकिन्छ । क्लिनिकबाट दाँत सफा गर्ने, दाँत भर्ने, कृतिम दाँत राख्ने, दाँतको जरैदेखी सफा गरेर भर्ने, कृतिम दाँत राख्ने, दाँत सेतो बनाउने, दाँतमा खोल् राख्ने, वाल वच्चाको दाँतको उपचार गर्ने, दाँतको एक्सरे गर्ने लगायत दाँतसम्बन्धी सम्पूर्ण किसिमका उपचारहरु सुपथ मुल्यमा गरिन्छ ।