
त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो पौने ३ बजेको समयमा एक जना वालक वेपत्ता भएका छन् ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारका ११ वर्षिय विक्रम कंडेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
वेपत्ता वालकको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी र स्थानिय मिलेर खोजी कार्य भईरहेको छ ।