नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।  बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बस्नेछ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्र्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको केन्द्रीय सदस्य मेटमणी चौधरीले  जानकारी दिनुभयो ।

तर एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताउनुभएको छ । नेपाल समूह पार्टी फुटाउने गरी अघि बढेपनि कोही पनि पार्टीको घेरा भन्दा बाहिर नजाओस् भनेर कारबाही नगरिएको तामाङले बताउनुभयो । तर सरकारमा सहभागि हुने गरी निर्णय गरे त्यो जघन्य अपराध हुने र त्यसै अनुसार कारबाही गरिने तामाङले बताउनुभयो ।

Facebook Comments