धादिङका २५ जनामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा धुनिबेसि नगरपालिकामा १ जना, गजुरी गाउपालिकामा १ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ८ जना, ज्वालामुखी गाउपालिकामा ४ जना र सिद्धलेक गाउपालिकामा ११ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

आइतबार एन्टीजेन परिक्षण गरीएका ९८ जनामध्ये १४ जनमा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ३ सय ७६ रहेका छन् ।

आइतबार ५६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै आइतबार निलकण्ठ नगरपालिकामा ३१ जनाको स्वाब संकलन गरीएको छ ।

Facebook Comments