भदौ १०, धादिङ ।
२०७७ साल, फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुर्नस्थापित भएको एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । पार्टीको आन्तरीक विवाद, द्धन्द समाधाना नहुँदा नेकपा एमाले विभाजन सम्म पुगेको छ । लामो समयदेखि पार्टी भित्र रहेको असन्तुष्ट पक्षले विद्रोह गरेर नयाँ नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेका छन् । नयाँ पार्टीका संयोजक एव साविकं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले साविक एमालेबाट आंशिक नेताहरुको साथ पाएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) को सनाखत गर्न निर्वाचन आयोगमा ५६ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद पुगेका छन् । राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश अनुसार केन्द्रीय समितिमा वा संघीय संसदीय दलमा २० प्रतिशत पुगेको खण्डमा त्यसले नयाँ दलको मान्यता पाउने प्रावधान उल्लेख गरीएको छ । सर्वोच्च अदालतको फैसलापछि पुर्नस्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यो समूहमा रहेका १० स्थायी कमिटीसहित अधिकांश केन्द्रीय कमिटी सदस्य र संघीय सांसदहरु भने अन्तिम समयमा नेकपा एमालेमै रहने भएको छ ।

नेकपा  हुँदादेखि नै सुरु भएको द्धन्द विशेष त पार्टीको विधि, विद्यान र नीती भन्दा पनि सक्ता, शक्ति, पद र लाभको विषयमा केन्द्रित रहेको थियो । मधव कुमार नेपाल, झलनाथ खनाल पक्षले केपी शर्मा ओलीले सक्ता र पार्टी कब्जा गरी स्वच्छाचारी ढंगले काम गरेको, नेपालको संविद्यान विपरीत दुईपटक सम्म संसद विघटन गरेको लगाएतका आरोपहरु लगाउदै कारवाही गर्ने, जसरी पनि पार्टी नेतृत्वबाट हट्नुपर्ने माग राखेको थियो । समानन्तर गतिविधिका साथै पार्टीको निर्णय, संसदीय दलको निर्णयका विरुद्धमा आफ्नै पार्टीको अध्यक्षलाइ संसदमा विश्वासको मत नदिने, विपक्षी दलको नेतालाइ प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने, विश्वासको मत दिने, आफ्नै पार्टी नेतृत्वको केन्द्र र प्रदेशको सरकार गिराउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थियो । दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टीको आन्तरिक विवाद मिलाउन धेरै प्रयास गरे पनि त्यसले सार्थकता पाउन नसकेका कारण पार्टी विभाजित भएको हो । अहिले नेकपा समाजवादी पार्टीका नेताहरुले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो लागि पार्टीमा ढोका बन्द गरेका कारण बाध्य भएर अर्को पार्टी गठन गर्नुपरेको बताएको छ । यता नेकपा एमालेका नेताहरुले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र अन्य देशि, विदेशी शक्ति केन्द्रहरुको दवावमा परि माधवकुमार नेपालले पार्टी विभाजन गरेको बताएको छ ।

Facebook Comments