साउदी अरबमा अलपत्र पर्र्नुभएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुर्चोकका सागर थापा आज नेपाल फर्कदै हुनुहुन्छ ।

सागर थापासहित ७ जना नेपाली साउदी अरव स्थित नेपाली राजदुताबासमा अलपत्र परेको समाचार रेडियो धादिङबाट प्रसारण भएपछि सामी परियोजनाले थापाको उद्धारको लागि प्रयास गरेको थियो । रेडियो धादिङ, धादिङ अपडेटबाट समाचार प्रसारण/प्रकाशन भएको २२ दिनपछि थापालाई उद्धार गरेर आज नेपाल फर्काइदै गरेको सामी परियोजनाका सुचना तथा परामर्शकर्ता बिनोद ढकालले जानकारी दिनुभयो ।

२४ वर्षिय सागर थापा २०७६ साल कात्तिक १२ गते साउदी अरब पुग्नुभएको थियो । Link international placement service pvt ltd. मार्फत लेवर कामका लागि साउदी अरव पुग्नुभएका थापा भनेको जस्तो काम र दाम नपाएपछि अलपत्र पर्नुभएको थियो ।

नेपाल फर्कने प्रयासमा ६ महिनादेखि दुतावास धाउदा पनि थापा नेपाल फर्कन पाउनुभएको थिएन । सामीका बिनोद ढकालका अनुसार थापाको भिषामा समस्या हुदा नेपाल फर्कन नपाएको र पछि साउदीस्थित नेपाली दुतावासले फर्कनको लागि भिषा दिएपछि नेपाल आउने वातावरण बनेको हो ।

सामी परियोजनाले धादिङ, नुवाकोटसहित देशभर ५४ वटा जिल्लामा काम गरिरहेको छ । परियोजनाले विशेष गरि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई विदेश जानु अघि  र विदेश पुगीसकेपछि के के कुरामा ध्यान दिने त्यसबारेमा परामर्श, विदेशमा काम गर्दा समस्या तथा अलपत्रमा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गर्दै आएको छ ।

Facebook Comments