मंसिर २०, धादिङ ।
धादिङ र आसपासका क्षेत्रका टारबेसीमा पनि अहिले शीतलहर जस्तै मौसम भएको र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम अनुमान विभागले जनाएको छ । पछिल्ला केहि दिनको मौसमी अवस्थालाई हेरेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई यसबाट बच्न पूर्व तयारीका लागि निर्देशन समेत गरेको छ । गृह मन्त्रालयको निर्देशन पछि मंङ्गलबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले चिसोका कारण स्थानीय स्तरमा आउने समस्या समाधान गर्न पूर्व तयारी अपनाउने निर्णय गरेको छ । पूर्वतयारी स्वरुप सबै गाउँपालिका र नगरपालिकामा आकस्मिक सहयोग सामाग्री व्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङका विपद सम्बन्धि राममणी मिश्रले बताउनु भयो ।

चिसोबाट कसरी बच्ने ?

–औषधी सेवन गरिरहेकाले नियमित औषधी सेवन गर्ने

–बाहिर निस्कंदा माक्स लगाउने र आएपछि हात धुने

–हाच्छिउँ गर्दा मुख छोपेर गर्ने

–भुलेर पनि मदिरा र चुरोट प्रयोग नगर्ने

–दीर्घरोगीहरुले नियमित स्वास्थ्य परिक्षण गर्ने

–झोलकुराहरु पटक–पटक खाने

–हिंड्दा टोपी,गलवन्दी लगाएर हिंडने

चिसोका रोगका लक्षणहरु 

–ज्वरो आउने,रुघाखोकी लाग्ने,टाउको दुख्ने

–खाना नरुच्ने,वान्ता हुने

–स्वाँ–स्वाँ हुने

–हृदयघात हुन लागेमा बायाँ छाति बेस्सरी हुने

–मुटुमा समस्या हुँदा थकाइ लाग्ने,रिंगटा लाग्ने

 

Facebook Comments