कार्तिक १७, धादिङ ।

मंगलबार नामिबियालाइ  ४५ रनले पराजित गरेसँगै पाकिस्तान टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा स्थान पक्का गरेको पाकिस्तान ८ अंकसहित समूह ‘२’ को शीर्ष स्थानमा रहेको छ । पाकिस्तानले यस अघि लगातार भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो । यो सँगै पाकिस्तान ९ वर्ष पछि पाँचौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस अघि पाकिस्तनले सन् २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि हात पारेको थियो ।

मंगलबार युएईको शेख जायद स्टेडियम अबुधाबीमा पहिलो पारी खेलेको पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटिएपछि पाकिस्तानले ४५ रनको सहज जित निकालेको हो । नामिबियाको लागि डेभिड विजेले अविजित सर्वाधिक ४३ रन, क्रेग विलियम्सले ४० रन, स्टेफेन बार्डले २९ रन बनाए भने कप्तान गेहार्डले १५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पाकिस्तानका लागि हसन अलि, इमाद वासिम, हरिस रौफ र शदाब खानले समान एक–एक विकेट लिएको थियो । शहिन साह अफ्रिदीले कुनै विकेट लिन सकेन । यस अघि टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए । ५० बल खेलेका उनले अविजित रहँदै ८ चौका र ४ छक्का प्रहार गरे । त्यसै गरि कप्तान बाबर आजमले ७० रन बनाए । ४९ बल खेलेका उनले आउट हुनु अघि ७ चौका प्रहार गरे । मोहम्मद हफिजले आक्रमक ब्याटिङ गर्दै १६ बलमा ५ चौकासहित अविजित ३२ रन जोडे । ओपनर बाबर र रिजवानले सुस्त सुरूवात गरे पनि पहिलो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । पन्ध्रौँ ओभरमा डेभिड विजेले आजमलाई आउट गरेपछि लगत्तै ओभरमा फखर जमान ५ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका हफिजले मात्र २६ बलमा ६७ रनको साझेदारी गरे । इनिंग्सको अन्तिम ५ ओभरमा पाकिस्तानले १ विकेट गुमाएर ७१ रन बनाएको थियो ।

यस समूहको अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोस्रो, न्युजिल्यान्ड र नामिबिया समान २ अंक सहित तेस्रो र चौंथो स्थानमा यथावत छन् । दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैठौं स्थानमा छन् । पाकिस्तानले सुपर–१२ चरणको अन्तिम खेल स्कटल्याण्डसँग आगामी आइतबार खेल्नेछ भन,े नामिबियाले शुक्रबार न्युजिल्यान्ड तथा सोमबार भारतसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।  यसै गरि समूक १ को शिर्षस्थानमा ८ अंक सहित इङ्ल्याण्ड, ६ अंक सहित साउथ अफ्रिका दोस्रो स्थानमा र ३ अंक सहित अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । गत अक्टोवर १७ गतेदेखि सुरु भएको टी–२० विश्वकप २०२१ को खेल यहि नोभेम्बर १४ गतेसम्म जारी रहनेछ । यस प्रतियोगितामा विश्वभरका १६ वटा देशहरु सहभागी रहेको छन् । यस वर्षको विजेतालाइ १.६ मिलियन अमेरीकी डलर सहित पुरस्कृत गरिने भएको छ ।

Facebook Comments