
मंसिर २१,धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ को आगिञ्चोकि स्थित चुरीटारमा
खानेपानी आयोजना मर्मत गरिएपछि स्थानीयबासी लाभान्वित भएका छन् । केयर नेपालको सहयोगमा एक्सन नेपालले सञ्चालन गरेको प्रयास परियोजना अन्तर्गत खानेपानी आयोजनाको मर्मत सुधार गरिएपछि चुरीटारका स्थानीय खानेपानी सेवाबाट लाभान्वित भएका हुन् । २०७२ बैशाख १२ गतेको भुकम्पले खानेपानीमा असर पु¥याएपछि स्थानीयबासीलाई निकै असुविधा पर्दै आएको थियो ।
खानेपानीको ट्यांकी र मुहानमा समेत भुकम्पले क्षति पु¥याएपछि स्थानीयबासी खानेपानीको लागि खोला तथा कुवामा जान बाध्य हुनुपरेको थियो । यस्तै अवस्थामा केयर नेपालको सहयोगमा एक्सन नेपालले सो क्षेत्रको खानेपानी मर्मतको योजना सञ्चालन गरेपछि स्थानीयलाई निकै राहत पुगेको स्थानीय भिमसेन खान ठकुरीले बताउनुभयो । खानेपानी योजनाको काम सम्पन्न भएपछि अहिले स्थानीयले खानेपानीका अतिरिक्त करेसाबारीमा पानी प्रयोग गरी घरायसी प्रयोजनका लागि तरकारी उत्पादनमा समेत सहज भएको स्थानीयले बताएका छन् ।
पहिले ढोकोमा गाग्री बोकेर खानेपानीको लागि धेरै समय खर्च गर्नुपर्ने अवस्था
रहेकोमा अहिले खानेपानी योजना मर्मत गरिएपछि समय पनि कम लाग्ने गरेको र सो बचेको समयमा घरायसी अन्य आयमुलक काममा लगाउन सकिएको भिमसेन खान ठकुरीले बताउनुभयो । सो योजनाबाट चुरीटारका १३ परिवारले सेवा लिएका एक्सन नेपालका प्रयास परियोजनाका फिल्ड अधिकृत राममाया थपलियाले बताउनुभयो ।
युरोपेली समुदायको मानवीय सहायता र नागरिक संरक्षण विभाग
(ECHO)अष्ट्रियन विकास सहयोग नियोग (ADC) र केयरको सहयोगमा सञ्चालित प्रयास परियोजना धादिङ जिल्लाको साविकको ४ वटा गाविसहरु आगिञ्चोक, बुढाथुम, मुलपानी र बसेरीमा सञ्चालन भएको छ ।