कार्तिक २८, धादिङ ।
नेकपा (एमाले) धादिङले अगामी मंसिर १० गतेदेखि चितवनमा हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनको लागि २२ जना जिल्ला प्रतिनीधिहरु छनौंट गरेको छ । शनिबार पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरुको आपसी छफफल र समझदारीको आधारमा सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधि चयन गरेको नेकपा एमाले धादिङले जनाएको छ । महाधिवेशन प्रतिनिधि बन्नको लागि गत कार्तिक २४ गते जिल्लाका ९१ जनाले उमेदवारी दिएको थियो । यी प्रतिनिधिहरु मध्येबाट धादिङ जिल्लाबाट २ जना पार्टीको केन्द्रिय कमिटीमा जाने तयारी भएको पनि नेकपा एमाले धादिङका एक नेताले बताएका छन् ।

धादिङ निर्वाचन क्षेत्र नं. १ बाट
१) भुमि त्रिपाठी– बेनीघाट रोराङ गाउँपालिका
२) देबप्रसाद त्रिपाठी– बेनीघाट रोराङ गाउँपालिका
३) नरेश खतिवडा– गल्छी गाउँपालिका
४) दिपक खतिवडा– गजुरी गाउँपालिका
५) लक्ष्मण खतिवडा– सिद्धलेक गाउँपालिका
६) रामकुमार आचार्य– थाक्रे गाउँपालिका
७) देबराज लुईटेल– धुनिवेशी नगरपालिका
महिला तर्फ बाट
१) उर्मिला रेग्मी– थाक्रे गाउँपालिका
२) कमला शर्मा– सिद्धलेक गाउँपालिका
३) राधा तिमल्सिना– गल्छी गाउँपालिका
दलित तर्फबाट
१) रामचन्द्र मिजार– गजुरी गाउँपालिका
धादिङ निर्वाचन क्षेत्र नं. २ बाट
१) अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) – निलकण्ठ नगरपालिका
२) रामप्रसाद अधिकारी– ज्वालामुखी गाउँपालिका
३) धनबहादुर घले– गंगाजमुना गाउँपालिका
४) पदमकुमार श्रेष्ठ– त्रिपुरासुन्दरी गाउँपालिका
५) मंग तामाङ– खनियाबास गाउँपालिका
६) प्रेम तामाङ– रुविभ्याली गाउँपालिका
७) सुवर्ण रिमाल– नेत्रावती डबजोङ गाउँपालिका
महिला तर्फ बाट
१) जानुका सिंखडा– ज्वालामुखी गाउँपालिका
२) राधिका सापकोटा– निलकण्ठ नगरपालिका
३) शान्ता पाण्डे– त्रिपुरासुन्दरी गाउँपालिका
दलित तर्फबाट
१) बेगबहादुर सुनार