१६ पुस, धादिङ ।
भारतको नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै फैलिएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले एक कार्यक्रममा यस्तो बताएको हो । स्वास्थ्य सम्बन्धि विशेषज्ञहरुको अनुसन्धानबाट पनि पुष्टि भएको त्याहाँका अधिकारीहरुले जनाएको छ । विभिन्न अनुसन्धानहरुबाट ओमिक्रोनको सङ्क्रमण समुदायस्तरमा पुगेको पाइएको छ भन्दै उहाँले दिल्लीमा पछिल्लो समय फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु ओमिक्रोनकै भएको पनि बताएको छ । अनुसन्धान तथा विभिन्न रिपोर्टहरुका अनुसार दिल्लीका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र त्यहि रहेका कतै पनि नगएका मानिसहरुमा संक्रमण देखिएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण छोटो समयमा निकै तिब्र गतिमा फैलिएको छ ।

विश्व स्वस्थ्य संगठनले पनि यो भेरियन्ट बढि शक्तिशाली भएकोले थप सचेत र सतर्क रहन विश्व समुदायलाइ आग्रह गरेको छ । यता नेपालमा पनि यो भेरियन्ट प्रवेश भएको छ । नेपालका स्वास्थ्य सम्बन्धी विज्ञहरुले पनि यो भेरियन्ट नेपालम प्रवेश गरिसकेको र यसलाइ समयमा नै नियन्त्रण गर्न नसके स्थिति भयावह हुने पनि अनुमान गरेका छन् । नेपाल सरकार, सम्बन्धित मन्त्रालय र विभिन्न सरोकारवाला निकायहरु भने यसको नियन्त्रण र रोकथामको लागि विशेष योजना सहित अघि बढेको जनाएको छ ।

Facebook Comments