२३ पुस, धादिङ ।
पुस २१ र २२ गते मकवानपुरको हेटौंडामा सम्पन्न आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ सर्वसम्मत चयन भएको छ । आगामी तीन वर्षको लागि श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), महिला उपाध्यक्षमा डोल्मा शेर्पा (काठमाडौँ),महासचिवमा श्याम राना (काठमाडौँ), सङ्गठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौँ), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ)बाट चयन भएको हो । यसै गरी सदस्यहरूमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा, पासाङ घिसिङ (ललितपुर), रविन्द सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ (रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन हुनु भएको छ ।

साथै प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन हुनु भएको छ । भने राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति चयन गरिएको छ । २१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एक जना मनोनयन गरिने जनाएको छ । यस्तै दोस्रो प्रादेशिक अधिवेशनबाट अगामी माघ ७–८ गते चितवनको सौराहामा हुने सातौं संघिय महाधिवेशनको लागि बागमती प्रदेशबाट संघिय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र फोनिजका संघिय अध्यक्ष दण्ड गुङको विशेष आतिथ्यता रहेको थियो ।