८ फागुन, २०७८ – बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ । गठबन्धन दलका नेता एवंम नेपाल सरकारका सुचना तथा संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार केहि समय अघि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको बताएको छ ।

कार्कीका अनुसार एमसीसी आजको संसद बैठकमा टेबल हुने जानकारी दिएको छ । साथै बैठकले एमसीसीसँगै रोकिएका विभिन्न  ४१  वटा विधेयकहरु पनि सदनमा पेस गर्ने सहमति गरेको छ । प्रतिनिधी सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । गठबन्धन दलको यो निर्णयसँगै अमेरिकि आर्थिक सहयोग एमसीसी परियोजना संसदबाट अनुमोदन सहित कार्यान्वयनको चरणमा अघि बढ्ने भएको छ ।

Facebook Comments