१० फागुन, २०७८
एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र स्वागत नेपालले गत सोमबार सर्वोच्च अदालतमा लिएर गएको अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार (दरपिठ) गरेको छ । सर्वोच्च अदालतका अनुसार सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने र यो विषय संसदमा प्रवेश गरिसकेकाले यसलाई दरपीठ गरिदिएको हो ।
यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट अस्वीकार (दरपीठ) भएको थियो । विरोध र विवादकै बीच आइतबार प्रतिनीधी सभा बैठकमा टेबुल भएको एमसीसी बिहिबार बस्ने संसद बैठकमा छलफल गरी यहि फागनु १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने तयारीमा वर्तमान सत्ता गठबन्धन दलहरु लागेका छन् । उता सत्ता गठबन्धन दलका केहि नेता तथा कार्यकर्ताहरु भने एमसीसी नेपालको हितमा नभएको र कुनै पनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने भन्दै बिरोध जनाइरहेका छन् ।

Facebook Comments