२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुकुम्वासी बस्तीमा झण्डै २ हजार घरटहरा भत्काइयो, १० हजारभन्दा बढी मानिस प्रभावित

सुकुम्वासी बस्तीमा झण्डै २ हजार घरटहरा भत्काइयो, १० हजारभन्दा बढी मानिस प्रभावित
गैरीगाउँ क्षेत्रका सुकुम्वासी बस्ती व्यवस्थापन गरिँदै काठमाडौँ, १३ वैशाखः काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित गैरीगाउँ क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्की घर सहितका संरचनाका सामग्री व्यवस्थापन गरिँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाण्डौ उपत्यकाकामा रहेका अतिक्रमित बस्ती हटाउने क्रममा झण्डै २ हजार घरटहरा भत्काइएको छ । काठमाण्डौको थापाथली, गैरीगाउँ र भक्तपुरको मनोहरा क्षेत्रका घरटहरा हटाउँदा एक हजार ९६१ वटा घरटहरा भत्काइएको नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क छ ।

प्रहरीका अनुसार कूल भत्काइएका घरमध्ये ५७८ वटा पक्की र १ हजार ३८३ वटा कच्ची घरटहरा छन् । थापाथली क्षेत्रमा रहेका १४३ वटा कच्ची घरटहरा सबै भत्काइएको छ, भने गैरी गाउँमा २८४ वटा पक्की घर र ५९३ वटा कच्ची घरटहरा पूर्ण रूपमा हटाइएको छ ।

यस्तै, मनोहरा काठमाण्डौतर्फ रहेका २ वटा पक्की र ११९ वटा कच्ची घरटहरा सबै भत्काइएको छ । मनोहरा भक्तपुरतर्फ भने २९२ वटा पक्की र ५१८ वटा कच्ची घरटहरा पूर्ण रूपमा हटाइएको प्रहरीले जनाएको छ ।

घरटहरा भत्काउँदा १० हजार ३२० जना प्रभावित भएको तथ्याङ्क छ । प्रभावितमध्ये ३ हजार १३३ महिला, ३ हजार १६७ पुरुष, १ हजार ५०८ बालक र १ हजार ७०६ जना बालिका रहेका छन् ।

हालसम्म ९३६ परिवारका दुई हजार ९५५ जना सरकारको सम्पर्कमा आएकामा राधास्वामी आश्रममा ३२ परिवारका १४७ जना मात्रै छन् । त्यस्तै, ४०७ जना सरकारकै व्यवस्थापनमा विभिन्न होटेलमा छन् । अन्य दुई हजार ४०१ जना आफैँ व्यवस्थापन गरेर डेरा, आफन्त वा साथीभाइको आश्रयमा छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।