नेपाल मगर शिक्षक संघ केन्द्रीय समितिको आयोजनामा २०८३ सालको वार्षिक क्यालेन्डर (भित्ते पात्रो) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर शिक्षक संघका केन्द्रिय अध्यक्षका अध्यक्ष अमला थापा मगरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपमहासचिव एकु थापा मगरेको प्रमुख आतिथ्य तथा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष भीम बहादुर दर्लामी मगरको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमकै अवसरमा २०८२ साल चैत्र २४ गते त्रिपुरा सुन्दरी गाउँपालिका–ओडारेका आगलागी पिडित जीवन थापा मगरलाई सहयोग समेत हस्तान्तण गरिएको छ । आगलागीका कारण घर, गोठ र बाख्रा जलेर नष्ट भई विचल्लीमा पर्नुभएका मगरलाई विभिन्न सहयोगी व्यक्तिहरूबाट संकलित नगद २७ हजार रुपैयाँ हस्तान्तरण गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका सहसचिव अमरसिंह गिदेल मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले आपसी सहकार्य, एकता र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लि अध्यक्ष राम आले मगर, नेपाल मगर बौद्ध सेवा समिति अध्यक्ष दुर्गा बहादुर ज्ञामी मगर, नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धादिङका सहसचिव अमरसिंह गिदेल मगर लगायतको आतिथ्य रहेको थियो ।

Facebook Comments