२०८३ मंसिर ८, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ट्रम्प सहभागी कार्यक्रममा गोली चल्यो

ट्रम्प सहभागी कार्यक्रममा गोली चल्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ ।

वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको थियो । डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले आकस्मिक उद्धार गरेका हुन् । घटना हिल्टन होटलको बैंक्वेट हलमा भएको हो ।

घटना लगत्तै ट्रम्पसहित उहाँकी श्रीमती मेलानिया पनि सहभागी हुनुहुन्थ्यो । प्रथम महिला मेलानियालाई पनि सुरक्षित ठाउँमा लगिएको छ । बीबीसीका अनुसार ट्रम्पले गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेको प्रतिक्रिया दिनुभएको छ ।

उनको परिचय खुलिसकेको छैन । प्रारम्भिक अनुमानअनुसार सातदेखि आठ गोली चलेको जस्तो देखिएको छ तर अनुसन्धान भइरहेको छ । थप के भयो भन्ने बारेमा कुनै आधिकारिक पुष्टि वा टिप्पणी गरिएको छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।