१५ फागुन
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने तयारी संसद सचिवालयले गरेको छ । बैठकको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । बैठकको पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/०७८ को महान्याधिवक्ताको वार्षिक प्रविेदन पेश गर्ने रहेको छ । दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायता सम्बन्धी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठक अघि कार्यसूचीको विषयमा छलफल गर्न बिहान ११ः३० मा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपालको वर्तमान राष्ट्रिय राजनीती एमसीसीको वरीपरि धुमिरहेको छ । यहि फागनु ८ गते सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दलहरुको विरोधका बीच प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापती शेरबहादुर देउवाको दवावमा एमसीसी संसदमा टेबल भएको थियो । यस अघि एमसीसीको विषयमा छलफल गर्न १२ र १३ गतेका लागि आह्वान गरिएको संसद बैठक प्रधानमन्त्री देउवाको आग्रहमा स्थागित गरिएको थियो । सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि भोलि फागुन १६ गतेभित्र एमसीसी पास गर्ने पक्षमा छ । देउवाले यस बीचमा सहमति गर्न भन्दै सत्तागठबन्धन दल र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग विभिन्न चरणमा भेटघाट र वार्ता भए पनि दुवै पक्षसँग अहिले सम्म ठोस सहमति बन्न सकेको छैन । यसैको बीचमा आजको संसद बैठक आह्वान गरिएको छ । आजको बैठक पनि अन्यौल नै रहेको छ ।
केहि दिन अघि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र र नेकपा एसले पछिल्लो समय भने गठबन्धन कायम राख्ने गरि एमसीसीको पक्षमा लचकता अपनाउन सकिने समाचारहरु आइरहेको छ । यद्यपी लचकता र सहमतीको विषयमा आधिकारीक कुरा भने आउन बाँकि छ ।
