२० फागुन, धादिङ ।
नेकपा एमाले धादिङको शुक्रबार मदन आश्रित–स्मृति भवन धादिङबेसीमा सम्पन्न दोस्रो बैठकले २३ जनालाइ पार्टीको जिल्ला कमिटि सदस्यमा मनोनयन गरेकोे छ । विभिन्न भूगोल, क्षेत्र, समुदाय र समावेशीताको आधारमा पार्टीको विद्यान अनुसार सदस्यहरु मनोनयन गरिएको नेकपा एमाले धादिङले जनाएको छ । गत पौष २३ गते सम्पन्न आठौं जिल्ला अधिवेशनबाट निर्वाचित १ साय १ जना र मनोनित २३ जना सहित एमालेको जिल्ला कमिटि १ सय २४ सदस्यीय भएको छ । आजको बैठकले ३२ सदस्यीय सचिवालय पनि गठन गरेको छ । साथै पार्टीको जिल्ला कमिटी सदस्यहरुको कार्य विभाजन, विभिन्न विभाग गठन, निर्वाचन क्षेत्र समन्वय कमिटी र जनवर्गिय संगठनको जिम्मेवारी पनि तोकेको छ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भूमी त्रिपाठीको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । साथै केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, केन्द्रिय सदस्य एवं सह–इन्चार्ज जानुका सिंखडा, बागमती प्रदेश कमिटिका अध्यक्ष केशव पाण्डे लगाएतको आतिथ्यता रहेको थियो । बैठकमा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ प्रमाण- पत्र  प्रदान गरेको थियो ।

Facebook Comments