
धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ विसालटारमा आमा, महिला समुह तथा स्वास्थ्य स्वयंमसेवीकाहरुका लागि स्थानीय पोषण प्रभाव मार्ग सम्बन्धी भुमिका विषयक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
गर्भवती, सत्केरी र ५ बर्षभन्दा मुनिका बालबालिकाहरुलाई कुपोषण हुन नदिन र यदि कुपोषण भएमा सुपोसित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर ईकाइ गोर्खाको आयोजनामा आइतबार १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पोषण भनेको के हो , कुपोषण हुन नदिन र भएमा के गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बेनीघाट रोराङ गाउपालिका स्वास्थ्य शाखा प्रमुख संकर बाबु दुवाडी र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, -FAO/TA) का पोषण विज्ञ सुनिता राउतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउपालिकाका पोषण समुह सदस्य, स्वयमसेवीका, जनप्रतिनिधि, आयोजनाका कर्मचारीहरु गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै आइतबारै खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर ईकाइ गोर्खाकै आयोजनामा पुरक अनुदार र साना अनुदान विषयमा छलफल गरिएको छ । छलफलबाट पालिकामा गठन भएका १४ वटा कृषक समुह र पशुपालन समुहलाई ६ लाखको पुरक अनुदान दिने निर्णय गरेको पुर्ण चेपाङले जानकारी दिनुभयो ।
त्यसैगरी १० वटा पोषण समुहलाई ५ लाखको अनुदान दिने पनि निर्णय भएको छ । कार्यक्रममा बोल्नुहुदै अध्यक्ष पित्त बहादुर डल्लाकोटिले काम र योजनालाई गुणात्मक रुपमा वृद्धि गर्ने बताउनुभयो । अन्त्यमा काम थाल्नु भन्दा बेलैमा कामको सुरुवात गर्ने बाताबरण बनाउनु पर्ने उहाँको भनाइ थियो ।
उहाँले परियोजनाको प्रसंसा गर्दै परियोजनामा कृषिलाई प्राथमिकतामा राख्नु पर्ने र गाउपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।