
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लाई एक घर, एक धाराको रुपमा घोषणा गरिएको छ ।
वडा भित्रका सबै घरमा खानेपानीको धारापुगेसँगै धादिङ जिल्ला मै पहिलो वडाको रुपमा ३ नम्बर वडालाई एक घर, एक धारा वडा घोषणा गरिएको हो ।

गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङ,न्ध्त् नेपाल, शान्ती नेपाल, लगायत सरकारी तथा गैरसरकारी संघ संस्था लगायत स्थानियको सहयोगमा जनताको घरघरमा खानेपानीको धारा पु¥याईएको वडा अध्यक्ष विजय गुरुङले बताउनुभयो । यस्तै नवनिर्मित वडा नम्बर ३ को वडा कार्यालय भवनको पनि उद्घाटन गरिएको छ ।

वडाअध्यक्ष गुरुङले एक घर, एक धारा अभियानलाई जिल्लाकै पहिलो बनाउन सहयोग गर्ने सबै सहयोगी दाता तथा वडा नम्बर ३ का वडाबासीलाई धन्यवाद दिँदै विकास निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । वडाका अन्य विकासका काममा पनि सबै एकजुट भएर लाग्न वडा अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।