५ बैशाख, २०७९

धादिङ – आजदेखि नीलकण्ठ नगरपालिकाले प्रवाह गर्ने सबै सेवा सुविधाहरु पूर्ण रुपले सुचारु हुने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले जानकारी दिनुभएको छ । गत चैत्र २८ गते निलकण्ठ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीले आफुमाथी हातपात गरेको र दोषीमाथी कानुनी कारवाही र सबै कर्मचारीहरुको पेशागत सुरक्षाको माग राखी प्रहरी प्रशासनलाइ दवाव दिन गत चैत्र २९ गतेदेखि सेवा प्रवाह बन्द गरेको पनि जनकारी दिनुभयो । निलकण्ठ नगरपालिका भित्रका आम सेवाग्राहीले नगरपालिकाको कार्यालयबाट प्राप्त गर्नुपर्ने सेवाबाट वञ्चित हुनु परेको र सेवाग्राहीको समस्यालाइ ध्यान दिदै सेवा सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै आफुहरु सेवाग्राहीहरुको हितमा काम गर्ने कर्मचारी भएकोले काममा फर्कनुको विकल्प नरहेको बताउनुभयो । साथै दोषीलाइ आजको दिनसम्म केहि कारबाही नभएको र सम्बन्धित निकायले छिटो भन्दा छिटो कानुनी कारवाहीको दायरामा ल्याउने अपेक्षा गरेको जानकारी दिनुभयो ।

गत चैत्र २८ गते साँझ चितवनको कुरिन्टारस्थित एक होटलमा निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाकोे अन्र्तरनगरपालिका स्तरीय कार्यापालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथीे वडा अध्यक्ष अधिकारीले मदिरा सेवन गरी हातपात गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथी हातपात गर्ने अध्यक्ष अधिकारी हालसम्म फरार रहेका छन् । यहि विषका कारण गएको पाँच दिनसम्म निलकण्ठ नगरपालिका भित्रका आम सेवाग्राहीले नगरपालिकाको कार्यालयबाट प्राप्त गर्नुपर्ने कुनै पनि सेवासुविधा प्राप्त गर्न सकेनन् । कार्यालय सम्म आएका सेवाग्राही कार्यालयको गेटबाटै फर्किन बाध्य भएका थिए ।

Facebook Comments