नेकपा एमालेले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धारको सर्वसम्मत टुंगो लगाएको छ ।
नेकपा एमाले निलकण्ठ नगर कमिटिका अनुसार सबै वडा अध्यक्षर नगरपालिका प्रमुख उपप्रमुखहरुले सोमबार उम्मेदवारी दर्ता गराइने जनाएको छ । निलकण्ठ नगरपालिकामा वडाअध्यक्षका उम्मेदवारहरुको नामावली प्रस्तुत गरिएको छ । निलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा मानबहादुर तामाङ वडानम्बर २ मा तिलकबहादुर गुरुङ, वडा नम्बर ३ मा किरण पाठक, वडानम्बर ४ मा हरि बहादुर श्रेष्ठलाई उम्मेद्वार घोषणा गरेको छ ।
यस्तै वडा नम्बर ५ मा भिम बहादुर थापा मगर, वडा नम्बर ६ मा अम्मर मगर, वडानम्बर ७ मा इश्वरी प्रसाद अधिकारी, वडा नम्बर ८ मा जीतबहादुर कुमाल, वडा नम्बर ९ मा नविन धमला, वडा नम्बर १० मा राजाराम पाठक, वडा नम्बर ११ मा उमेश विष्ट, वडा नम्बर १२ मा बाबुराम लम्साल, वडानम्बर १३ मा मसिना तामाङ र वडा नम्बर १४ मा भुवनबहादुर सापकोटालाई वडा अध्यक्षको उम्मेद्वारमा सर्वसम्मत चयन गरेको हो ।